२०८१ श्रावण १२

सभामुखद्धारा २५६८ औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १०, बिहीबार ०७:०२ गते

बुटवल,१० जेठ ।
लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले २५६८ औँ बुद्धजयन्ती एवं लुम्विनी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन ।
गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण त्रियोग परेको दिन वैशाख शुक्लपक्षको पूर्णिमा तिथिलाई विश्वभरका बौद्धमार्गीहरुद्धारा गौतम बुद्धप्रति अत्यन्तै श्रद्धा एवं भक्तिभावका साथ बुद्ध जयन्ती मनाउने गरिन्छ । यही दिनलाई लुम्विनी दिवसको रुपमा समेत मनाउदै आइएको छ । बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गदै सभामुख घर्ती मगरले विश्व शान्तिको अग्रदुत गौतम वुद्धको जन्मस्थल नेपालमा हुनु सबै नेपालीको गर्वको विषय भएको उल्लेख गरेका छन ।
“विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको जनाउनुहुदै वुद्ध जन्मस्थल लुम्विनी विश्व सम्पदामा सुचिकृत अन्तराष्ट्रिय पर्यटकीय क्षेत्र विश्व शान्तिको पवित्र स्थल हो । यसको प्रवद्र्धनबाटै लुम्विनी प्रदेशको विकासको साथै सिंगो मुलुकको संमृद्धि र प्रगति गर्न सकिनेमा कुनै दुई मत छैन ।” सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गरेका छन –“ बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बिच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउन सकिन्छ । गौतम बुद्धले प्रतिपादन गर्नुभएको विश्व मानव जातिको लागि अहिंसा र शान्तिको सन्देशले सबैको हित र प्रगतिका लागि सदैव प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।”
उनले २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको यस शुभ अवसरमा बुद्धको बिचार, सन्देश तथा उपदेशको स्मरण गर्दै राष्ट्रिय एकता, सहिष्णुता, सद्भाव, शान्ति र संमृद्धिको महान् अभियानमा लाग्न सम्पूर्ण मानव समुदायलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन ।