२०८१ श्रावण १२

जसपा नेपालको राजनीतिक प्रतिवेदन पारित
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १४, सोमबार ०९:४४ गते

काठमाडौँ,१४ जेठ ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालको राजनीतिक प्रतिवेदन पारित भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको जानकारी दिएको छ ।

साथै उक्त पाटीका अनुसार जसपा नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तीव्रता दिएको छ । सङ्गठन विभागले महाधिवेशन प्रतिनिधिको अभिलेखीकरण गरेसँगै केन्द्रीय निर्वाचन समितिले प्रतिनिधिको नामावली सार्वजनिक गर्ने छ । जसपा, नेपालको महाधिवेशन यही जेठ २८–३० गते जनकपुरमा हुँदैछ ।