२०८१ श्रावण १२

व्यापार संघद्वारा नेतृत्व विकास एवं व्यवसाय प्रवद्र्धन तालिम
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १६, बुधबार ०९:५७ गते

बुटवल, १६ जेठ ।
रुपन्देही व्यापार संघको आयोजनामा दुई दिने नेतृत्व विकास एवं व्यवसाय प्रवद्र्धन तालिम सम्पन्न भएको छ । संघ अन्तर्गतका विभिन्न वस्तुगत उपसमितिहरुलाई लक्षित गरी तालिम गरिएको हो । संघ अन्र्तगत फेन्सी, सुनचा“दी, पोल्ट्रीजन्य, कस्मेटिक, जुत्ताचप्पल, महिला उद्यमी, अटोमोवाइल्स, व्याग, भाडा तथा प्लाष्टिक, थान कपडा, तरकारी तथा फलफूल, दैनिक उपभोग्य, होटल तथा रेष्टुरेण्ट, युवा उद्यमी, सूचना प्रविधि, होजियारी, खाद्यन्न लगायत उपसमितिबाट प्रतिनिधिमुलक तरिकाले तालिम सम्पन्न भएको संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रकाश ढकालले बताए ।
तालिमको उद्घाटन गर्दै संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवालीले वर्तमान् परिस्थितिमा व्यावसाय संचालनमा व्यावहारिक ज्ञान र सिपको विकास गर्नेतर्फ ध्यान दिदै प्रतिष्पर्धात्मक व्यवसाय संचालनमा तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा पाल्पा व्यापार संघका अध्यक्ष वामदेव बस्यालले संस्थागत सम्बन्धलाई थप सुदृढ बनाउदै व्यापार संघहरुका बिचमा पनि यस्ता खालका कार्यक्रमहरुलाई अगाडि बढाउनुपर्ने बताए ।
संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघले आफ्ना व्यावसायी सदस्यहरुको क्षमता अभिवृद्धिका लागि आवश्यकता अनुसार तालिम गोष्ठी, अन्तक्र्रिया प्रशिक्षणहरु आयोजना गर्दै जाने बताए । नेतृत्व, सिप विकास, व्यावसाय प्रवद्र्धन लगायतका विषयमा कार्यक्रमका सहजकर्ता अनन्त शिलवालले सहजीकरण गरेका थिए । कार्यक्रम सम्पन्न गर्न संघले वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको संयोजकत्वमा कोषाध्यक्ष मणि खनाल र सह–सचिव प्रकाशराज पौडेल रहेको एक उपसमितिसमेत गठन गरेको थियो ।
संघका अध्यक्ष दिपकप्रसाद अधिकारीको अध्यक्षता, सचिव मनहरि बस्यालको संचालन, कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागत तथा सह–सचिव प्रकाशराज पौडेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दयानिधि भण्डारी, सहभागीको तर्फबाट फेन्सी थोक वस्तुगत उपसमिति संयोजक विजय ज्ञवाली र महिला उद्यमी वस्तुगत उपसमिति संयोजक लक्ष्मी भट्टराईले मन्तव्य व्यक्त गरेका थिए तालिममा विभिन्न वस्तुगत उपसमितिहरुबाट प्रतिनिधिमुलक तरिकाले ४२ जनाको सहभागिता रहेको थियो ।