२०८१ श्रावण १२

बजेट पछिको सेयर बजारमा गिरावट
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १६, बुधबार १०:४८ गते

बुटवल १६ जेठ ।
सरकारले बजेट ल्याएको अर्कोदिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८१ अंकले घटेको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलवार आगामी आर्थिक वर्ष २०८१–८२ को लागि बजेट घोषणा गरेका थिए । त्यसको अर्कोदिन आज बुधवार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.१२ प्रतिशत घटेको छ ।
कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो ।