२०८१ श्रावण १२

राममणि क्याम्पसमा गजल प्रशिक्षण तथा वाचन
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २०, आईतवार ०८:३७ गते

बुटवल २० जेठ ।
रूपन्देहीको मणिग्रामस्थित राममणि बहुुमुखी क्याम्पसमा गजल प्रशिक्षण तथा वाचन कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
क्याम्पसको अँग्रेजी तथा नेपाली भाषा साहित्य विभाग संयोजक गोपाल पन्थीको अध्यक्षतामा भएको कार्यक्रमबीच नेपाली भाषा साहित्यका प्राज्ञ एवम् गजलकार बुँद रानाले लेखनको प्रशिक्षण सहित गजल वाचन र गायन गरे । सोही कार्यक्रममा शिक्षासेवी एवम् साहित्यकार सोनु (सुनकुमारी) गुरूङ्ले हाइकुबारे जानकारी दिँदै वाचन गरिन् ।
सो अवसरमा गजलकार रानाले गजल लेखनका सुत्र, शैली, विन्यास र तिनका मर्मबारे एक–एक गरी उदाहरण सहित सहभागीलाई प्रशिक्षित गरे ।
विभागका सदस्य कविता पन्थीको सञ्चालनमा भएको कार्यक्रममा क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले विद्यार्थीमा बहुआयामिक विकासका लागि क्याम्पसले विविध कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
कार्यक्रममा प्राध्यापकहरू गोपाल पन्थी, माया घिमिरे, मुक्तिनाथ गैह्रे, विन्दु आचार्य, कविता पन्थी विद्यार्थीहरूः वन्दना न्यौपाने, साक्षी तिवारी, मनिष कण्डेल, तुल्सीराम भण्डारी लगायतले गजल तथा आफ्ना रचना वाचन गरेका थिए ।
कार्यक्रममा पूर्व क्याम्पस प्रमुख मोहनराज शर्मा, प्राध्यापक भिमलाल घिमिरेलगायतले बोल्दै विद्यार्थीमा साहित्यिक चेतका लागि कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे ।