२०८१ श्रावण १२

छत्रकोट गाउँपालिकाको स्थानीय पाठ्यक्रम सार्बजनिक
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २२, मंगलवार १२:०३ गते

बुटवल, २२जेठ ।
गुल्मीको छत्रकोट गाउँपालिकाले स्थानीय विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाभित्रको ऐतिहासिक स्थान, चाडपर्व, धर्मसंस्कृति , चालचलन, पेसा व्यवसाय, यस क्षेत्रको इतिहासदेखि हालसम्मको बिकसित घटनाक्रम, सम्भावना र चुनौती लगायतका विभिन्न विषयलाई समेटिएको स्थानीय पाठ्रयक्र सार्बजनिक गरिएको हो । “हाम्रो छत्रकोट” नामक पाठ्यक्रम कक्षा १ देखि ८ सम्मको लागि तयार पारिएको हो ।

स्थानीय पाठयक्रम सार्वजनिक गदै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले नेपालको संविधानले व्यवस्था गरेको जिम्मेवारी अनुसार पाठ्यक्रम निर्माण गरिएको बताएका छन । उनले निमार्ण गरिएको स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा लैजान सफल भएको बताए । पाठ्यक्रम निर्माणसँगै कार्यान्वयनमा चुनौती र जिम्मेवारी थपिएको भन्दै यहाँका शिक्षकहरू दक्ष, लगनशील र जिम्मेवार भएकाले लक्ष्य सजिलै प्राप्त हुने अध्यक्ष पाण्डेयले बताए ।

गाउपालिकाले तैयार गरेको “हाम्रो छत्रकोट” नामक पाठ्यक्रम यस शैक्षिक सत्र–२०८१ गाउँपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठनका लागि लागू गर्न स्थानीय पाठ्यक्रम सार्वजनिक गरिएको छत्रकोट गाउँपालिकाका शिक्षा शाखा प्रमुख टीकाराम आचार्यले बताए ।