२०८१ श्रावण १२

सुनको भाउ तोलामा एक हजार सात सयले वृद्धि
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २२, मंगलवार १२:२७ गते

बुटवल,२२ जेठ ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन मंगलबार रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ ।
यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा मंगलबार त्यति नै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ३५ मा एक तोला चाँदी बिक्री भएको थियो ।