२०८१ श्रावण १२

बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २४, बिहीबार १३:०७ गते

 

बुटवल २४ जेठ।
बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन्। बुधवार र बिहिवार २ दिन बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा चलेको ‍‍‍‍मेलाको ७ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
उनका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका छन्।
मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तिय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए। पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोश्रो चरणका लागि छनोट भएका छन्।

पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताए।
श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण गरिएको बताए।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलामा ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए। मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बुधवार उद्घाटन गरेका थिए । उनले रोजगारदाता र श्रमिक बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका थिए ।