२०८१ श्रावण १२

एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्बसम्मतरुपमा चयन
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २५, शुक्रबार १०:०९ गते

बुटवल,२५ जेठ ।
नेकपा एमाले जल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ।
अधिवेशनले यज्ञ गैरेलाई निर्विरोध अध्यक्ष चयन गरेको हो भने अन्य पदाधिकारी पनि सर्वसम्मत चयन भएका छन्। नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी समझदारी जुटेको थियो । समझदारी जुटेपछि बिहीबार राति अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसी, चित्रबहादुर कार्की र हितराज पन्थीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । अध्यक्षका अर्का उम्मेदवार खेमप्रसाद लुइँटेलले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनीता उठेर पनि सर्वसम्मत भएका हुन ।
जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।