२०८१ श्रावण १२

लुम्बिनी र कर्णाली प्रदेश प्रमुखबीच भेट
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २६, शनिबार १३:३७ गते

सुर्खेत,२६ जेठ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारबीच आज शनिबार बिरेन्द्रनगर सुर्खेतमा भेट भएको छ ।
दुई प्रदेशबीच थप सम्बन्ध बिस्तार र संविधानले प्रदत्त गरेको अधिकारलाई व्यबहारमा कार्यान्वयन गर्न भेटघाटले बल पुर्‍याउने बिश्वास व्यक्त गरिएको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बिकासको लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।
उनले प्रदेशको स्थायित्व र समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको भुमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
उक्त अबसरमा बोल्दै कर्णाली प्रदेश प्रमुख परियारले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको समृद्धिका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
भेटमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आफुले लेखेको पुस्तक हस्तान्तरण गरे भने लुम्बिनी प्रदेश प्रमुख शेरचनले कर्णाली प्रदेश प्रमुख परियारलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।
सो अवसरमा लुम्बिनी प्रदेश प्रमुखको जीवन संगिनी , कार्यालयका अधिकारी, कर्मचारी र सचिवालयको टोलि समेत सहभागी रहेको थियो ।