२०८१ श्रावण १२

प्रधानमन्त्री प्रचण्ड छिमेकी मुलुक भारतमा
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २७, आईतवार ०८:५० गते

काठमाडौं, २७ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत प्रस्थान गरेका छन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालका लागि आज अपरान्ह हुने शपथ ग्रहण कार्यक्रममा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेपाली टोलीसहित दिउँसो त्यता प्रस्थान गरेका हुन।
भारतीय समकक्षी मोदीको शपथ ग्रहण कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले उनीसँग संक्षिप्त कुराकानी गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार अपरान्ह ७स्१५ मा आयोजना हुने शपथ ग्रहण समारोहका लागि यसअघि दुई प्रधानमन्त्रीबिच भएको टेलिफोन संवादमा भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गरेका थिए ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरेको थियो । यसैबिच प्रधानमन्त्री प्रचण्डले शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटगरी भारत भ्रमणबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, प्रम प्रचण्डका सुपुत्री गङ्गा दाहाललगायत सहभागी रहेका छन । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न उपप्रधानमन्त्री रघुवीर महासेठ, नारायणकाजी श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । सो अवसरमा नेपाली सेनाले प्रधानमन्त्री प्रचण्डलाई बिदाइमा गारत अर्पण गरेको थियो ।