२०८१ श्रावण १२

भारतीय प्रधानमन्त्री मोदीको शपथ
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २७, आईतवार १०:०४ गते

काठमाडौं, २७ जेठ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शपथ लिने भएका छन ।
मोदी यस अघि शुक्रबार प्रधानमन्त्री पदमा तेस्रो पटक नियुक्त भएका थिए । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । शपथ ग्रहण समारोह आइतबार साँझ ७स् १५ बजे हुने राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
मोदीको शपथ ग्रहण समारोहमा छिमेकी देशका नेताहरूले सहभागिता जनाउने भएका छन् ।
निमन्त्रणामा छिमेकी राष्ट्रका सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मोरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथलगायत छन् । नेपालका प्रधानमन्त्री प्रचण्ड शपथ समारोहमा सहभागी हुन आज दिल्लीतर्फ जाने भएका छन् ।

केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले सपथ ग्रहण समारोहमा सहभागी विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् ।