२०८१ श्रावण १२

लुम्बिनीका प्रदेश प्रमुख शेरचनद्वारा रारा अवलोकन
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २७, आईतवार १५:०९ गते

मुगु २७ जेठ ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आज आइतबार मुगु जिल्लाको रारा ताल अबलोकन गरेका छन् ।
भ्रमणमा प्रदेश प्रमुख शेरचन , उनको जीवन संगिनी शान्ति शेरचन , उनको सचिवालयको टोली र कर्मचारीको सहभागीता रहेको छ । भ्रमणका क्रममा प्रदेश प्रमुख लगायतले घोडामा सवार गरि राराको अदभूत सौन्दर्य अवलोकन गरेका थिए ।
कर्णाली प्रदेशको स्वर्गकी रानिको रूपमा परिचित रारामा दैनिक सयौं पर्यटकको भिड लाग्ने गर्दछ ।
रारा प्राकृतिक रूपमा निर्मित नेपालको सबैभन्दा ठुलो ताल हो । रारामा स्थलमार्ग र हवाई मार्गबाट पुग्न सकिने भएपनि लुम्बिनी प्रदेश प्रमुख लगायतको टोलि स्थलमार्गबाट रारा पुगेको हो । रारा पुग्ने बित्तिकै राराको सुन्दरताले आफुहरु लोभिएको भ्रमणमा सहभागी प्रदेश प्रमुख शेरचनको सहस्वकीय सचिब बसन्त भट्टचनले बताए ।