२०८१ श्रावण १२

व्यापार संघमा सल्लाहकार र आजिवन सदस्यको समिति
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २९, मंगलवार ११:२३ गते

बुटवल, २९ जेठ ।
रुपन्देही व्यापार संघको पदाधिकारी, सल्लाहाकार एवं आजिवन सदस्यहरुको छुट्टाछुट्ट बैठक तथा भेला सम्पन्न भएको छ । संघको सचिवालयमा सम्पन्न उक्त भेलामा संघका अध्यक्ष दिपकप्रसाद अधिकारीले संघका आगामी दिनका कार्यक्रम र हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा व्यवसायीक संघसंस्थाहरुलाई व्यवसायीक हकहितसंगै सामाजिक कार्यमा पनि सक्रिय बनाउन सकिएमा त्यसले वजारलाई चलायमान बनाउन मद्दत मिल्ने विश्यास व्यक्त गरिएको थियो । साथै परम्परागत ढंगले गरिने व्यवसाय र समाजसंग नजोडिएको सेवाले प्रतिफल नदिने हुदा संघसंस्थाहरुले आफ्ना सदस्यहरुलाई सधै सचेत बनाउन पहल गर्नु पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा संघलाई क्रियाशिल बनाउन सदस्यहरुको समस्यामा साथ दिने र सामाजिक काममा सक्रिय रहन आग्रह गर्दै सल्लाहाकार र आजिवन सदस्यहरुको सुझाव र मार्ग निर्देशनमा काम गर्न सुझाव दिइएको थियो ।
कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले कठिन परिस्थितीमा स्थापना गरिएको व्यापार संघको महत्व र आवश्यकता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै नयाँ नेतृत्वले समय अनुसार कार्यक्रम र गतिविधि गर्न सुझाव दिए । उनले संस्थाको जिवन्तता भनेको त्यसले गर्ने नियमिम कार्यक्रम र नेतृत्वदायी भूमिकाले मात्र बचाउने हुदा त्यसमा ध्यान दिनु आग्रह गरे ।
सल्लाहाकार माधव नेपालले बुटवल क्षेत्रको आर्थिक तथा व्यवसायीक गतिविधि बढाउनका लागि निश्चित क्षेत्रहरु जस्तै पर्यटन, शिक्षा, स्वास्थ्यको विकास जरुरी रहेको हुदा त्यसमा व्यापार संघले नेतृत्वदायी भूमिका निर्वाहा गर्नु पर्ने बताए ।
सो अवसरमा संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, पदम प्रसाद श्रेष्ठ, यमलाल लोहनी, निवर्तमान अध्यक्ष कृष्णप्रसाद घिमिरे, सल्लाहाकारहरु जोगलाल विश्वकर्मा, तेजप्रसाद विश्वकर्मा, वैकुण्ठप्रसाद कोइराला, ज्ञानप्रसाद अर्याल, लेखनाथ ढकाल, आनन्दप्रसाद रेग्मी, आजिवन सदस्यहरु बाबुराम भट्टराई, जे.पि. कंडेल, यमकान्त गैरेलगायतले सुझावहरु दिउका थिए ।
उक्त भेलाबाट सल्लाहकार र आजिवन सदस्य समितिसमेत गठन गरिएको छ । संघको सल्लाहाकार समितिको संयोजकमा सल्लाहाकार तेजप्रसाद विकलाई तथा आजिवन सदस्यहरुको संयोजकमा होमराज बस्याललाई चयन गरेको संघका कार्यालय प्रमुख सरोज पोखरेलले बताए ।
कार्यक्रम संघका अध्यक्ष दिपकप्रसाद अधिकारी तथा महासचिव फर्सुराम पन्थको सञ्चालनमा सम्पन्न भएको थियो ।