२०८१ आश्विन ६

लुम्बिनी विकास कोषका पूर्वयोजना प्रमुख भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्ष कैदकाे सजाय
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३१, बिहीबार ०९:३९ गते

  बुटवल,३१ जेठ ।

लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनियर सरोज भट्टराईलाई अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैदकाे सजाय सुनाएकाे छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले अकुत सम्पत्ति आर्जनको मुद्दामा भट्टराईकाे सजाय ताेकेकाे हाे ।

अदालतले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो ।

अख्तियारका अनुसार इन्जिनियर भट्टराईले पदकाे दुरुपयोग गर्दै कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ भ्रष्ट्राचार गरेको र त्यो रकम जग्गामा लगानी गरेका थिए ।जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई बिहीबार विशेष अदालतले कसुर निर्धारण गरेको हो । ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध अख्तियारले २५ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।