२०८१ आश्विन ६

लुम्बिनी प्रदेशसम्म फैलियो मनसुन
  • लुम्बिनी खोज
  • २०८१ असार ६, बिहीबार ०८:५६ गते

बुटवल ६ असार ।
यस वर्षको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । जेठ २८ गते कोशी प्रदेशमा भित्रिएको मनसुन पश्चिमतर्फ सर्दै आज असार ६ गते लुम्बिनी प्रदेशको पूर्वी भागसम्म फैलिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आगमन भएको छ ।
नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो २८ जेठमा भित्रिएको थियो। तर, डेढ सातासम्म मनसुन देशभर फैलन सकेको छैन।