२०८१ भाद्र २३

प्रविधिको सदुपयोग गरे समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री महरा
  • लुम्बिनी खोज
  • २०८१ असार ८, शनिबार १६:४९ गते

दाङ,८ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोगबहादुर महराले विज्ञान र प्रविधिको क्षेत्रमा विकास भएको सिप र क्षमतालाई सही रुपमा प्रयोग गर्न सके देशको समृद्धि हासिल गर्न सकिने बताएका छन।
दाङको घोराहीमा भएको एआईद्वारा संचालित सिप विकास र उदीयमान सञ्चार प्रविधि विषयक राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले सूचना प्रविधिका क्षेत्रमा भएको विकास र विस्तारलाई जति सक्यो उपयोग गर्दै विकासमा लाग्नुपर्ने बताएका हुन ।
बदलिएको शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै नयाँ पुस्तालाई गुणस्तरीय शिक्षा दिन सके शिक्षाको जग बलियो हुने उनको भनाइ छ । उनले पहिले सबैका लागि शिक्षा भने जस्तै अहिले सबैका लागि गुणस्तरीय शिक्षा भन्ने नारा भएको बताउदै ‘अहिलेको विकासित प्रविधिसँग शिक्षालाई जोडिएर अघि बढ्न नसके गुणस्तरीय शिक्षा हासिल गर्न नसकिने बताए ।
घोराहीमा रहेको राप्ती इञ्जिनियरिङ कलेज, सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टर काठमाडौँ र स्वर्गद्वारी सामुदायिक अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको संयुक्त आयोजनामा एआई प्रविधिमा आधारित राष्ट्रिय सम्मेलन आयोजना भएको हो।
सम्मेलनमा नेपाल टेलिभिजनका कार्यवाहक नायव महाप्रबन्धक इन्जिनियर चिन्तामणि बराल, राप्ती इन्जियरिङ कलेजका कार्यकारी निर्देशक एवं सिलिकन रिसर्च एण्ड इनोभेसन सेन्टरका सीईओ डा। शैलेन्द्र गिरी, पोष्टडक्टरल रिसर्च एशोसियट नर्थन गल्फ इन्टिच्युट मिसिसिप्पी स्टेट युनिभर्सिटी अफ अमेरिकाका डा। चिरञ्जीवी शाह, नेपाल टेलिकमका इन्जिनियर कविराज यादवलगायत विषयविज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।