२०८१ भाद्र २३

साहित्यकार सुशीलाको उपन्यास ‘सुल्तान’ लोकार्पण
  • लुम्बिनी खोज
  • २०८१ असार ९, आईतवार १३:२८ गते

बुटवल ९ असार ।
साहित्यकार सुशीला भुसालको उपन्यास ‘सुल्तान’को लोकापर्ण गरिएको छ। ऐतिहासिक प्रेमकथामा आधारित भुसालद्धारा लिखित उपन्यास ‘सुल्तान’को प्रज्ञाप्रतिष्ठानमा लोकापर्ण गरिएको हो।
एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रा.डा. पुरुषोत्तम दाहाल, समीक्षक राजकुमार बानियाँ, एमालेका नेता खिमलाल भट्टराई, प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले संयुक्त रुपमा उपन्यास लोकापर्ण गरे। कार्यक्रममा वोल्दै एमाले नेता पौडेलले साहित्य क्षेत्रको चर्चा गरेका थिए ।
किताबमाथि समीक्षा गर्दै समिक्षक राजकुमार बानियाँले १५औँ शताब्दीको कथालाई सुन्दर रूपमा प्रस्तुत गरेको र विदेशको परिवेश र विषयवस्तु फरक भएकोले पढ्दा आनन्द आउने बताए।
विनोद मञ्जनले संचालन गरेको कार्यक्रममा खिमलाल भट्टराईले पनि शुभकामना व्यक्त गरेका थिए। उपन्यासकार मिनराज वसन्तले भाषा सम्पादन गरेको पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।