२०८१ कार्तिक ९

नवीनले ग-यो लुम्बिनी र गण्डकीका पालिका प्रमुख तथा विद्यालयका प्रअहरूसँग असल अभ्यास कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ असार १३, बिहीबार ०६:३१ गते

बुटवल १३ असार ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरले असल अभ्यास साझेदारी कार्यक्रम अन्तर्गत लुम्बिनी र गण्डकी प्रदेश अन्तर्गतका पालिकाहरूका प्रमुख तथा प्रतिनिधि विद्यालयका प्रधानाध्यापकहरू तथा प्राचार्यहरूसँग अन्तरक्रिया सम्पन्न गरेको छ ।
जस अन्तरगत ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धन बहादुर कामत, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवाली, शिक्षा अधिकृत गणेश रावलसँग कार्यक्रम गरेको छ । त्यस्तै बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा, उपाध्यक्ष भीमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलसँग कार्यक्रम गरेको छ ।
चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज के.सी., प्रमुख प्रशासकीय अधिकृत वेद प्रकाश पौडेल, शिक्षा अधिकृत नयनसिंह ठकुरीसँग तथा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी, शिक्षा अधिकारी गुनाराम खनाल लगायतसँग सामुदायिक विद्यालयहरूका असल अभ्यास साझेदारीमा सामुदायिक विद्यालयको समग्र सुधारको सम्बन्धमा व्यापक अन्तरक्रिया गरेको छ ।बडीगाड गाउँपालिका अध्यक्ष गण्डकी थापाले सामुदायिक विद्यालयको सुधारको लागि गरेको प्रयास अन्य गाउँपालिकाहरूको लागि पनि अनुकरणीय रहेको पाइएको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । उनी पूर्व शिक्षक समेत भएकोले शिक्षा सुधार गर्नपर्छ भन्ने धारणा उनमा रहेको पाइएको बस्नेतको भनाइ छ । नवीनले अर्कोतर्फ सामुदायिक मात्र नभएर निजी क्षेत्रमा सञ्चालन भएका विद्यालयहरू सँग पनि अन्तरक्रिया गरेको छ । जसमा लुम्बिनी वर्ल्ड स्कुलको भौतिक पूर्वाधार स्विमिङ पुल, क्याफ्टेरिया, स्वास्थ्य कक्ष संगीत तथा नृत्य कक्ष, कक्षा व्यवस्थापन, पुस्तकालय लगायत विषयमा विद्यालयका प्राचार्य विष्णु प्रसाद ढकाल र शैक्षिक निर्देशक डा.मिन खनालले सहजीकरण गरेका थिए । हाल उक्त विद्यालयमा ४५३ विद्यार्थीहरू कक्षा १० सम्म अध्ययनरत छन् । सिद्धार्थनगर नगरपालिकामा रहेको शाही ग्लोबल माध्यमिक विद्यालयमा पनि व्यापक अन्तरक्रिया गरेको छ । शाही ग्लोबल माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला करिब १० वर्ष पहिले भारतको मुम्बईबाट सामग्री आयात गरेर फर्मास्विटीकलको मापदण्ड भएको नेपालकै उत्कृष्ट प्रयोगशाला भौतिक विज्ञान, जीव विज्ञान, रसायन विज्ञान प्रयोगशाला अत्याधुनिक खालको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण गरेको पाइएको बस्नेतले बताए । कार्यक्रममा विद्यालयका प्राचार्य डाक्टर कौशल गौतम, उपप्राध्यापक शैलेन्द्र कुमार त्रिपाठी, व्यवस्थापन संकाय दिवा समूह इन्चार्ज दीपक लामिछाने लगायतले सहजीकरण गरेका थिए । सो कार्यक्रमको सञ्चालन उपप्राध्यापक कृष्ण बस्यालले गगरेका थिए ।
तानसेन नगरपालिका सुन्दर बजारमा रहेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर पौडेल, जनप्रिय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दीपक पौडेल, अंग्रेजी शिक्षक शङ्कर भट्टराई, विष्णु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पत्रकार झपेन्द्र गैरे, प्रधानाध्यापक शिवप्रसाद आचार्य, सिद्धि माध्यमिक विद्यालय आर्यभन्ज्याङका प्रधानाध्यापक ध्रुव न्यौपाने, राम मा.वि. बगनासकालीका प्रधानाध्यापक डोलराज बस्याल, सार्वजनिक नमुना माध्यमिक विद्यालय मालुङ्गाका प्रधानाध्यापक चुरामणि पाण्डे ,गल्याङस्थित भानुभक्त आचार्य माध्यमिक विद्यालयका प्रधानाध्यापक नीम प्रसाद पौडेल, ध्रुवज्योति माध्यमिक विद्यालय कालीगण्डकीका प्रधानाध्यापक हिरा बहादुर गाहा, मिर्मी आधारभूत विद्यालयका ज्ञानप्रसाद पाण्डे, जीवन उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापक देव बहादुर थापा, शिक्षक गोविन्द गौतम लगायतसँग पनि कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै दुर्गा भवन माध्यमिक विद्यालय छापचौर भुर्तुङका प्रधानाध्यापक विजय ढकाल सहित शिक्षक स्टाफहरूसँग, सर्वोदय माध्यमिक विद्यालय बरेङ बाग्लुङका प्रधानाध्यापक चित्र बहादुर थापा लगायतसँग, उदय माध्यमिक विद्यालय शान्तिपुरमा प्रधानाध्यापक हरि प्रसाद न्यौपाने लगायतसँग, शारदा माध्यमिक विद्यालय चोरकाटेका प्रधानाध्यापक कृष्ण प्रसाद भण्डारी, ज्ञानोदय नमुना माध्यमिक विद्यालय मजुवाका प्रधानाध्यापक लक्ष्मी प्रसाद भण्डारी लगायत स्टाफसँग पनि कार्यक्रम गरिएको छ । बलिथुम नरहरी कडेल माध्यमिक विद्यालयका प्रधानाध्यापक रूपेन्द्र श्रेष्ठ लगायत स्टाफसँग, शिव शंकर माध्यमिक विद्यालय आँपचौर मुसिकोटका प्रधानाध्यापक बाबुराम काफ्ले लगायत स्टाफसँग, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुसिकोट इन्द्रगौंडाका प्रधानाध्यापक बाबुराम शर्मा लगायत स्टाफसँग, त्रिभुवन माध्यमिक विद्यालय भुवाचिदिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव बहादुर पछाई, प्रधानाध्यापक जित बहादुर रायमाझी लगायत स्टाफसँग पनि असल अभ्यास सम्वन्धी कार्यक्रम गरिएको छ । त्यस्तै महेन्द्र नमुना माध्यमिक विद्यालय वामी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार शाक्य र प्रधानाध्यापक देवीराम शर्मा लगायतस्टाफसँग, खारा माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञदत्त घिमिरे, बुद्ध मा.वि.का प्रधानाध्यापक कमल अधिकारी तथा शिक्षक स्टाफसँग, भानु मा.वि.का प्रधानाध्यापक केशव खरेल, भिमगिठे माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक तिल बहादुर थापा लगायत समस्त शिक्षक स्टाफसँग, उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङका प्रधानाध्यापक ईश्वरी पौडेल तथा शिक्षक स्टाफहरूसँग, शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक वेद बहादुर छन्त्याल र शिक्षक स्टाफसँग, ज्ञानोदय माध्यमिक विद्यालय बोबाङका प्रधानाध्यापक यम बहादुर कायत तथा समस्त शिक्षक स्टाफ बीच अन्तरक्रिया सम्पन्न गरेको छ।
तुलनात्मक रूपमा गरिएको असल अभ्यास साझेदारी कार्यक्रममा सामुदायिकतर्फ ध्रुबज्योती माध्यमिक विद्यालय कालीगण्डकी, दुर्गा भवन माध्यमिक विद्यालय छापचौर, मिर्मी आधारभूत विद्यालय र संस्थागततर्फ लुम्बिनी वर्ल्ड स्कुल र शाही ग्लोबल माध्यमिक विद्यालय सिद्धार्थनगरका गतिविधिहरू अनुकरणीय रहेको पाइउको बस्नेतले बताए ।
उक्त असल अभ्यास साझेदारी कार्यक्रममा स्याङ्जा, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लामा प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, अंग्रेजी विषय विभागीय प्रमुख राजन अधिकारी, शिक्षक ठाकुर ज्ञवाली, शिक्षक सुर्य बहादुर भण्डारी र जुनियर इन्जिनियर विशाल रावतको सहभागिता रहेको थियो । रूपन्देहीमा रहेको संस्थागत विद्यालय साझेदारी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाल, सिभिल इन्जिनियरिङ इन्चार्ज सपना भट्टराई, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, भौतिकशास्त्र संयोजक बाबुराम पौडेल, गणित विषय संयोजक तुल्सी घिमिरे, विज्ञान विषय इन्चार्ज कृष्ण बहादुर घर्ती, आइसिटी संयोजक राकेश अग्रहरी, सांस्कृतिक संयोजक अर्जुन शाह, जुनियर इन्जिनियर विशाल रावत सहित ४१ जनाको सहभागिता रहेको थियो ।
नवनि विद्यालयमा हाल मन्टेश्वरी देखि कक्षा १० सम्म पूर्ण अङ्ग्रेजी माध्यममा कक्षा ११ र १२ विज्ञान, सिभिल इन्जिनियरिङ व्यवस्थापन समूहमा होटल व्यवस्थापन, कानुन र शिक्षा समूह अध्यापन हुँदै आएको छ । विद्यालय लुम्बिनी प्रदेश नमुना विद्यालय रहेको साथै विद्यार्थी संख्याका आधारमा देशकै पाँचौं ठुलो विद्यालय रहेको छ । २०८० को इमिक्स अनुसार विद्यार्थी सङ्ख्या ४६८१ रहेको छ । विद्यालय सामुदायिक विद्यालयतर्फ शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको अनुसन्धान तथा गुणस्तर सुधार शाखाबाट असल अभ्यास साझेदारी कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट ६ वटा विद्यालयका दरले छनौट भएकोमा लुम्बिनी प्रदेशमा छनोट भएको छ । नेपालमा कक्षा ११ र १२ मा विज्ञान समूह सञ्चालन भएका ११७ वटा सामुदायिक विद्यालयमा समेत छनौट भएकोले विद्यालय विकास योजना (SDP) निर्माण गर्नुपर्ने भएकोले साहित्य समीक्षाको रूपमा पनि असल अभ्यास सेयरिङ कार्यक्रमलाई तीव्रता दिइएको प्रअ बस्नेतले बताए ।