२०८१ आश्विन ४

विनियोजन विधेयक राष्ट्रिय सभामा प्रस्तुत
  • लुम्बिनी खोज
  • २०८१ असार १३, बिहीबार १०:११ गते

काठमाडौ, १३ असार ।
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष प्रस्तुत गरेका हुन ।
उनले आर्थिक वर्ष २०८१÷०८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन र सो रकमको विनियोजन गर्न वाञ्छनीय भएकाले प्रस्तुत विधेयक पेश गर्नुपरेको बताए । उहाँले विधेयकले सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार र विभिन्न निकायले गर्ने सेवा तथा कार्यहरुको निमित्त विनियोजन गर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे ।
राष्ट्रिय सभाको अर्को बैठक बिहिबार १५ मिनेट बस्नेगरी स्थगित भएको छ ।