२०८१ भाद्र २३

स्वास्थ्यमन्त्री पुनद्वारा बुटवल हस्पिटलको निरिक्षण
  • लुम्बिनी खोज
  • २०८१ असार १६, आईतवार १३:३९ गते

बुटवल १६ असार।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगरले बुटबल अस्पताल को निरीक्षण गरेका छन्। बिगत लामो समय देखी सञ्चालनमा रहेको अस्पतालले केहि महिना देखी सुबिधा सम्पन्न आफनै भबनबाट सेवा दिन थालेको छ।
अस्पतालका अध्यक्ष चुन्नु प्रसाद पौडेलले स्वास्थ्यमन्त्री पुनलाई अस्पतालमा स्वागत गर्दे अस्पतालको बारे जानकारी गराएका थिए ।उनले लुम्बिनी प्रदेशका विरामी उपचार सेवाको अभावमा अनेत्र जान नपर्ने गरी गुणस्तरीय उपचारको व्यवस्था मिलाएको दावी गरे ।
अस्पतालका निर्देशक डा कृष्ण खनालले अस्पताल अहिले सम्म ५० बेडमा चलेको र अब स्तर उन्नती गरि १ सय बेडमा सञ्चालन गर्न प्रकृया बढाइने र स्वीकृतिको लागी मन्त्री पुन लाई आग्रह गरे।

मन्त्री पुनले अस्पताल निरिक्षण पछि निजीक्षेत्रबाट सञ्चालनमा आएको बुटबल अस्पताल प्रालि भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न भएको र सेवालाई पनि विशिष्टीकृत बनाउन निर्देशन दिए । उनले सरकार र निजीक्षेत्र सहकार्य गरेर अघि बढने पनि बताए ।
मन्त्री पुनले बेड थपको लागी प्रकृया पुरा गरे स्वीकृत दिने बताए। करिव २सय ५० जना कर्मचारी २५ जना भन्दा वढि कन्सलटेण्ट डाक्टरहरुबाट सेवा दिदै आएको बुटवल हस्पिटलले नया उपकरण र प्रविधि भित्र्याएको छ ।
मन्त्रीको स्वागतमा अस्पताल अध्यक्ष, निर्देशक, चिकित्सक तथा अन्य कर्मचारीको सहभागी रहेको अस्पतालले जनाएको छ ।