२०८१ आश्विन ६

रास्वपा नयाँ गठबन्धनमा सहभागी नहुने
  • लुम्बिनी खोज
  • २०८१ असार १८, मंगलवार ०७:०३ गते

काठमाडौं,१८ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कांग्रेस–एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने भएको छ। मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकले नयाँ गठबन्धनमा सामेल नहुने निर्णय गरेको हो।
रास्वपाको सचिवालय बैठकले कांग्रेस(एमाले गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनले नयाँ सरकार गठनको प्रक्रिया शुरु भएपछि आफुहरुले सरकारबाट राजीनामा दिने बताए।
रास्वपाबाट हाल पार्टी सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका छन् भने उपसभापति डिपी अर्याल श्रममन्त्री, सुमन श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री रहेका छन् ।
रास्वपा माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गत फागुन २३ गते सहभागी भएको थियो। सोमबार राती कांग्रेस(एमालेबीच सरकार बनाउने सहमति भएपछि नयाँ परिस्थितिबारे छलफल गर्नका लागि रास्वपा बैठक बसेको थियो।

कांग्रेस र एमाले संविधान संशोधनलगायतका एजेण्डासहित सहमतिको नयाँ सरकार बनाउन सहमत भएका छन् ।