२०८१ भाद्र २३

गाजाबाट दक्षिणी इजराइलमा २० रकेट प्रहार
  • लुम्बिनी खोज
  • २०८१ असार १९, बुधबार ११:०२ गते

इजरायल – इजराइल रक्षा बल (आईडीएफ) ले सोमबार बिहान गाजा पट्टीबाट दक्षिणी इजराइलतर्फ करिब २० वटा रकेट प्रहार भएको जनाएको छ।

रकेट प्रहारपछि गाजा पट्टी नजिकका किबुट्ज किसुफिम र किबुट्ज इन हास्लोशामा साइरनहरू बजेको थियो। आईडीएफले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाजाको खान युनिस क्षेत्रबाट करिब २० वटा रकेट प्रहार भएको पुष्टि भएको छ।’

प्यालेस्टिनी इस्लामिक जिहाद, गाजामा मुख्यालय रहेको सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको विज्ञप्तिमा उल्लेख गरेको छ।

इजराइलले सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणको जवाफमा गाजामा आफ्नो सैन्य आक्रमण सुरु गरेको थियो। यस क्रममा हमास लडाकूहरूले दक्षिणी इजराइलमा घुसपैठ गरेका थिए।

लगातार आक्रमणले गाजामा कम्तीमा ३७ हजार ९ सय मानिसको मृत्यु भएको छ।

एजेन्सीको सहयोगमा