२०८१ आश्विन ६

नेकपा एकीकृत समाजवादीमा नेपाल र भुसाल सर्वसम्मत
  • लुम्बिनी खोज
  • २०८१ असार २०, बिहीबार १६:१३ गते

काठमाण्डौं २० असार ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको अध्यक्षमा माधबकुमार नेपाल सर्वसम्मत भएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशनबाट नेपाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् भने घनश्याम भुसाल महासचिवमा चयन भएका छन् ।
नेपाल अध्यक्ष हुँदा झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसालले महासचिवका रूपमा सर्वसम्मत निरन्तरता पाएका हुन्। अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गरे पनि अन्ततः सहमतिमै नेतृत्व चयन भएको हो।
महाधिवेशनका लागि गठित खनाल नेतृत्वको अध्यक्षमण्डलले नेपाल र भुसाललाई पुरानै जिम्मेवारीमा निरन्तरता दिने सहमति भएको घोषणा गरेको हो।