२०८१ भाद्र २३

ओलीले लिए पद तथा गोपनीयताको शपथ, गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद(नामावलीसहित)
  • लुम्बिनी खोज
  • २०८१ असार ३१, सोमबार ०७:३७ गते

काठमाण्डौं ३१ असार ।
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रधानमन्त्री ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेल विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल र डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसको समर्थनमा ओलीले शुक्रबार प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए । ०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् ।
ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै  २२ सदस्यीय मन्त्रिपरिषद गठन गरे ।
यस्तो छ ओलीको मन्त्रिपरिषद्
१‍) केपी शर्मा ओली ःप्रधानमन्त्री
२) प्रकाशमान सिंह ःउपप्रधान तथा सहरी विकासमन्त्री
३) विष्णुप्रसाद पौडेल ः उपप्रधान तथा अर्थमन्त्री
४) पृथ्वीसुब्बा गुरुङ ः सञ्चार तथा सूचना मन्त्रालय
५) रमेश लेखक ः गृहमन्त्री
६) शरतसिंह भण्डारी ः श्रम तथा रोजगार
७) आरजु राणा देउवा ः परराष्ट्रमन्त्री
८) नवलकिशोर साह सुडी ः महिला बालबालिका
९) बलराम अधिकारी ः भूमि व्यवस्था तथा सहकारी
१०) दामोदर भण्डारी ः उद्योग वाणिज्य तथा आपूर्ति
११) देवेन्द्र दाहाल ः भौतिक पूर्वाधार तथा यातायात
१२) तेजुलाल चौधरी ः युवा तथा खेलकुदमन्त्री
१३) प्रदीप यादव ः खानेपानीमन्त्री
१४) प्रदीप पौडेल ः स्वास्थ्यमन्त्री
१५) अजय चौरसिया ः कानुन न्याय तथा संसदीय मामिला
१६) बद्री प्रसाद पाण्डे ः पर्यटनमन्त्री
१७) रामनाथ अधिकारी ः कृषिमन्त्री
१८) विद्या भट्टराई ः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
१९) मानवीर राई ःरक्षामन्त्री
२०) दीपक खड्का ः जलस्रोत तथा ऊर्जामन्त्री
२१) राजकुमार गुप्ता ः संघीय मामिला तथा सामान्य
२२) ऐनबहादुर शाही ठकुरी ःवन तथा वातावरणमन्त्री