२०८२ असार ३२
बुटवल ३१ असार ।
आज सेयर बजार १७.१८ अंकले घटेको छ। आइतबार ५७ अंकले बढेको नेप्से परिसूचक सोमबार १७.१८ अंकले घटेर दुई हजार दुई सय ४०.४१ विन्दुमा कायम भएको छ।
आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ। आज ३२२ कम्पनीका दुई करोड ५० लााख ७९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आइतबार सात अर्ब ६२ करोड चार लाख ९८ हजार रुपैयाँको कारोबार भएको थियो।