२०८१ भाद्र २३

भैरहवामा माओवादीको कार्यालय स्थापना,बृहत्तर पार्टी निर्माणमा एकजुट हुन नेताहरुको आग्रह
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १, मंगलवार ०९:५७ गते

बुटवल, १ साउन ।
भैरहवामा नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । मंगलबार माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले कार्यालय उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै माओबादी केन्द्रका नेताहरुले बृहत्तर पार्टी निर्माणका लागि एकजुट भएर लाग्न कार्यक्रर्तालाई आग्रह समेत गरेका छन । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हकिउल्लाह खानले माओवादी पार्टीमा व्यक्तिवाद हाबि भएका कारण जनमत निरन्तर घट्दै गइरहेको बताए । उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रिय सदस्य तथा रूपन्देही इन्चार्ज बामदेव क्षेत्रीले विभिन्न समयमा माओवादीबाट अलग भएकाहरूलाई पार्टीमा फर्काउने काम भइरहेको जानकारी दिए । उनले पार्टीबाट अलग भएकाहरू संग समदुरीमा रहन कार्यकर्तालाई निर्देशन दिए ।

यस्तै अर्का नेता माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टी निर्माण आधारहरू पहिचान गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
माओवादी केन्द्र रूपन्देही संयोजनक निर्मल जिसिले सम्पूर्ण सरकारी कार्याल भैरहवामा र पार्टी कार्यालय बुटवलमा हुँदा काम गर्न असहज भएका कारण भैरहवामा पार्टी कार्यालय स्थापना गर्नु परेको जानकारी दिए । कार्यालय सञ्चालनमा आएपछि पार्टीको काम गर्न थप सहज हुने उनको विश्वास छ ।