२०८१ भाद्र २३

प्रधानमन्त्री ओलीले साउन ६मा विश्वासको मत लिने
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २, बुधबार १०:१६ गते

काठमाडौ, २ साउन ।
प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका छन । प्रधानमन्त्री ओलीले सत्ता पक्षका दलका नेता तथा प्रमुख सचेतकहरूसँग छलफल गर्दै ६ गतेका लागि विश्वासको मत लिने समय तय गरेको प्रमुख सचेतक महेश कुमार बर्तौलाले बताए ।
संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० गते नेकपा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए । प्रधानमन्त्री ओलीले असार ३१ गते सोमबार पद तथा गोपनीयताको शपथ लिए ।
प्रधानमन्त्री ओलीले साउन ६ गते नै संसद् बैठकबाट देशवासीको नाममा सम्बोधन पनि गर्ने भएका छन ।