२०८१ भाद्र २३

नवीनमा दुई दिवसीय हस्तलेखन सुधार कार्यशाला
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २, बुधबार १०:३८ गते

बुटवल, २ साउन ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा हस्तलेखन सुधार कार्यशाला सम्पन्न भएको छ ।
लाइन्स क्लब अफ बुटवल तिनाउको आयोजनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई दुई दिवसीय हस्तलेखन कार्यशाला समापनमा प्रमुख अतिथि बुटवल उद्योग वाणिज्य सङ्घका पुर्ब अध्यक्ष एवं लायन्स क्लबका डिस्ट्रिक चिफ एडभाइजर खिम बहादुर हमाल रहेका थिए । विशिष्ट अतिथि नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, लायन्स क्लब एरिया चिफ कोर्डिनेटर दिपक प्रसाद श्रेष्ठ सहभागी विद्यार्थीहरूको तर्फबाट समीक्षा कुँवर र रिजन श्रेष्ठले धारणा राखेका थिए ।

लाइन्स क्लब अफ बुटवल तिलोतमाका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सहसचिव सुमन घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा हस्तलेखन प्रशिक्षक ओम प्रकाश बस्यालले दुई दिन सहजीकरण गरेको कार्यक्रममा विद्यालयका माध्यमिक तह सामाजिक विषय प्रमुख मुकेश पोखरेलले सहजीकरण गरेको कार्यक्रममा कक्षा १० का ६ वटा सेक्सनमध्ये तीनवटा कक्षाका विद्यार्थीहरूको सहभागिता रहेको थियो।