२०८१ कार्तिक २

उद्योग संघमा दुई वस्तुगत समिति गठन
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २, बुधबार १३:५२ गते

डेरी, कृषि तथा पशुजन्यको संयोजकमा विजय सापकोटा र बिद्युत, ग्यास तथा उर्जामा रामप्रसाद पाण्डे

बुटवल, २ साउन ।
रुपन्देही उद्योग संघले वस्तुगत समिति गठनको प्रक्रियालाई पुनः निरन्तरता दिएको छ । संघले हरेक २ वर्षमा गठन हुने नयाँ कार्यसमितिसँगै विभिन्न खालका समितिहरु गठन गरी उद्योगीहरुका समस्या संकलन र समाधानका उपायहरु खोज्ने उद्देश्यले वस्तुगत समिति गठनको प्रक्रिया निरन्तर जारी गराउँदै आएको छ ।
यसैबीच बुधबार डेरी, कृषि तथा पशुजन्य र बिद्युत, ग्यास तथा उर्जा सम्बन्धी उद्योगीहरुको भेलाबाट छु्ट्टाछुट्टै वस्तुगत समिति गठन गरिएको हो । संघका प्रथम उपाध्यक्ष एवं वस्तुगत समिति गठन कार्यक्रमका संयोजक जिवकान्त काप्mलेको अध्यक्षतामा आयोजित भेलामा संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । दुबै भेलालाई सम्बोधन गर्दैै संघका अध्यक्ष सापकोटाले छरिएर रहेका उ्रद्योगहरुका समस्यालाई एकीकृत गर्ने र समस्या समाधानका लागि पहल गर्ने उद्देश्यका साथ संघमा आवद्ध उद्योगीहरुको भेलाको आयोजना गरिएको बताए ।
भेलामा संघका प्रथम उपाध्यक्ष एवं संयोजक जिवकान्त काफलेले स्वागत गर्दैै वस्तुगत समिति गठनको उद्देश्य, काम, कर्तव्य र अधिकार सन्दर्भमा जानकारी गराए ।
संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीका अनुसार डेरी, कृषि तथा पशुजन्य उद्योगीहरुको भेलाले शिवगंगा डेरी उद्योगका बिजय सापकोटाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा यूनाइटेड पोल्टी फर्मका प्रेमहरि तिमिल्सिना, सचिवमा गायत्री डेरी उद्योगका यम बहादुर खत्री, सदस्यहरुमा मनिषा कृषि फर्मका भुपराज भुसाल, चम्कीपुर एग्रो फार्म प्रा.लि.का मनिष काप्mले, सैनामैना पोल्टी फर्मका लोकनाथ खनाल, दुर्लभ एग्रो फर्म का दिल कुमारी खनाल चयन भएका छन् ।
भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, कोषाध्यक्ष, युवराज आचार्य, कार्यसमिति सदस्य नारायण प्रसाद खनाल, मिना थापा, रमेश आचार्य, दिलु शाही, पूर्ब का.स.सदस्य लालबहादुर थापा र उद्योगी रमेश पाण्डे चयन गरेको छ ।
त्यस्तै बिद्युत, ग्यास तथा उर्जा उद्योगीहरुको भेलाले मेघा हाइड्रो एण्ड इन्जिनियरिङ्ग प्रा.लिका रामप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।
गठित समितिको सहसंयोजकमा सिद्धार्थ ग्याँस उद्योग (प्रा.) लि. शुशिल नेपाल, सचिवमा हिमालयन पावर टेक्नोलोजिका सन्तोष अर्याल सदस्यहरुमा बुटवल इलेक्ट्रिक एण्ड ट्रँन्सफर्मर प्रा.लि. का विश्वास श्रीस, र बुटवल पावर कम्पनी लिमिटेडका धर्मराज पाठक चयन भएका छन् ।
भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव हिरामणी भट्टराई, कार्यसमिति सदस्य प्रज्जवल थान्जु, उद्योगीहरु ध्रुब धिताल र ठाकुर अधिकारीलाई चयन गरेको छ ।
भेलामा नव गठित डेरी तथा कृषि वस्ुतगत समितिका संयोजक बिजय सापकोटा र बिद्युत, ग्यास तथा उर्जा वस्तुगत समितिका संयोजक रामप्रसाद पाण्डेले प्रतिवद्धता मन्तव्य राख्दै संयोजकको जिम्मेवारी दिएकोमा रुपन्देही उद्योग संघ तथा उद्योगी साथीहरुलाई धन्यवाद दिए । उनीहरुले उद्योगीका समस्यालाई उद्योग संघ मार्पmत समाधानको लागि प्रयासरत रहने प्रतिवद्धता व्यक्त गरे ।
संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुलीको धन्यवाद ज्ञापन गरेका थिए । भेलामा घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष ध्रुब धिताल र उद्योगी .मेघराज भण्डारी लगायतले शुभकामना दिएका थिए ।
संघका महासचिव हिरामणी भट्टराईले संचालनमा भएको भेलामा कोषाध्यक्ष युवराज आचार्य, सहकोषाध्यक्ष विशाल बेलबासे, कार्यसमिति सदस्य शारदा भट्टराई, मिना थापा, नारायण प्रसाद खनाल, चक्रपाणी तिवारी, लालहरि पाण्डे, रमेश प्रसाद आचार्य, चन्द्रकान्त खनाल, दिलु शाही र उद्योगीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।