२०८१ कार्तिक २

नवीनमा इन्जिनियरिङ दिवस
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ३, बिहीबार १३:५६ गते

बुटवल ३ साउन
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा ६२ औ इन्जिनियरिङ दिवस बिहिबार विविध कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा सिँचाई डिभिजन कार्यालय रूपन्देहीका सिनियर डिभिजनल इन्जिनियर दामोदर सापकोटाले देशमा पूर्वाधार निर्माण तथा पूर्वाधार विकासको लागि इन्जिनियरिङ पेशामा अवसर तथा चुनौती दुवै रहेको बताए । उनले इन्जिनियरिङ पेशाप्रति जिम्मेवार, लगनशील र प्रतिबद्ध भएर कार्य सम्पन्न गर्नुपर्ने आवश्यकतामा जोड दिए । इन्जिनियरिङ क्षेत्रमा सरकारले पर्याप्त लगानी गरेकोमा विद्यार्थीहरूलाई लगानीको सदुपयोग गर्न पनि उनले आग्रह गरे ।


६२ औ इन्जिनियरिङ दिवस २०८१ को अवसरमा कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थीहरु वीच ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएकोमा कक्षा १२ कि वर्षा भुसाल प्रथम, कक्षा ११ का सुवास पौडेल द्वितीय र कक्षा ९ का सुलभ न्यौपाने तृतीया भएका थिए ।
२०८० को कक्षा ११ को वार्षिक परीक्षामा उच्च जीपीए ३.८ ल्याउने अभिषेक कार्कीलाई प्रोत्साहन स्वरूप ५ हजार नगद, चेक र द्वितीय हुने रञ्जना पाण्डे र तृतीय हुने विवेक पौडेललाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा कलाकार विद्यार्थीहरूले इन्जिनियरिङसँग सम्बन्धित रोचक नृत्य प्रदर्शन गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सिभिल इन्जिनियरिङ कक्षा १० कि छात्रा लक्ष्मी पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिभिल इन्जिनियरिङ समूह इन्चार्ज सपना भट्टराईले नतिजा विश्लेषण गरेकी थिइन्। सिभिल इन्जिनियरिङ कक्षा ११र१२ का संयोजक इन्जिनियर बिमल अर्यालले इन्जिनियरिङ दिवसको औचित्य सम्बन्धमा धारणा राखेका थिए ।
सिभिल इन्जिनियरिङ कक्षा ९र१० का संयोजक इन्जिनियर गणेश थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा विद्यार्थीहरू अभिषेक कार्की, वर्षा भुसाल, सुवास पौडेल र सुलभ न्यौपानेले पनि मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय नेपालमा कक्षा ९–१२ सिभिल इन्जिनियरिङ अध्यापन हुने नेपालका विद्यालयहरूमध्ये उत्कृष्ट मानिन्छ जस अन्तर्गत पहिलो ब्याजका सिभिल इन्जिनियरिङका विद्यार्थी प्रवीन कोइरालाले आर्किटेक्चर इन्जिनियरिङ तर्फ २०८० मा सर्वोत्कृष्ट भएका थिए भने कक्षा १२ मा बोर्ड परीक्षामा सुस्मिता पुनले ३.८९ जीपीए ल्याई नेपालमै उत्कृष्ट भई पुलचोक इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेकी छन् र दर्जनौं विद्यार्थीहरू पुल्चोक र पोखरा विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा छनोट भई अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए ।