२०८१ भाद्र २३

नवीनमा पुरस्कार वितरण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ४, शुक्रबार १०:४८ गते

बुटवल ४ साउन ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा पुरस्कार वितरण तथा विद्यार्थी अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
कार्यक्रममा शिक्षाविद प्राध्यापक आनन्दमान सिंह शाक्यले शिक्षकले विद्यार्थीहरूलाई पठनपाठनमा तीनवटा पक्षमा विशेष ध्यान दिनुपर्ने बताए । उनले विद्यार्थीलाई माया गर्ने, उपलब्धि मूलक सिकाई गर्ने र विद्यार्थीहरूले गरेका सकारात्मक कुरालाई स्वीकार गर्नुपर्ने बताए । विद्यार्थीले आफ्नो व्यवहारमा परिवर्तन ल्याई खुसी हुँदै धैर्यता, लचिलो र रमाइलो मान्ने क्षमाशील, नम्र, सहनशील र आत्मजागरणमा ध्यान दिइ भविष्यप्रति आशावादी हुनुपर्नेमा उनले जोड दिए ।
२०८० मा विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समूहबाट कक्षा ११ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट जिपीए ल्याउने विज्ञान समूहबाट भागीरथी थारु र व्यवस्थापन समूहबाट प्रवेश भण्डारीलाई चेक तथा नगद पुरस्कार वितरण गरिएको थियो त्यस्तै उच्च जीपीए ल्याउने विज्ञान समूहबाट आकृति अधिकारी, पवन पौडेल, सुदीप खड्का, राजु यादव, शिव गैरे र अर्जुन भुसाल व्यवस्थापन समूहबाट माधव खनाल, इरफान अन्सारी, रमन बिक, भगवती कुँवर, एलिना क्षेत्री, अर्जुन पौडेल, कानुन समूहबाट शिक्षा बोहरा र शिक्षा समूहका सुजन अधिकारीलाई शिक्षाविद प्राध्यापक आनन्दमान सिंह शाक्यले नगद ३३ हजार चेक तथा रकम वितरण गरेका थिए ।
वार्षिक परीक्षामा समूहगत तथा सेक्सनगत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । यस शैक्षिक सत्रमा व्यवस्थापन समूह कक्षा ११ मा भर्ना भएका नवआगुन्तुक विद्यार्थीहरूलाई राममणि क्याम्पसका उपप्राध्यापक पेशागत तथा उत्प्रेरणा प्रशिक्षक मुक्तिनाथ गैरेले उत्प्रेरणात्मक सहजीकरण गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थीले पालना गर्नुपर्ने आचार संहिता तथा विद्यालयका गतिविधिहरू सहजीकरण गरेका थिए। विज्ञान समूहका इन्चार्ज लक्ष्मीनारायण चौधरीले पठनपाठनको समग्र पक्षहरूका सम्बन्धमा सहजीकरण गरेका थिए। विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा १२ कानुन समूहकी छात्रा शिक्षा बोहराको सञ्चालनमा सम्पन्न कार्यक्रममा विज्ञान समूहका भागीरथी चौधरी, व्यवस्थापन समूहका प्रवेश भण्डारी र शिक्षा समूहबाट सुजन अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।