२०८१ फाल्गुन ६
बुटवल ५ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन्।
आइतबार दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको छ ।
केन्द्रमा माओवादीसँगको गठबन्धन त्यागेर कांग्रेससँग नयाँ सत्तागठबन्धन निर्माण गरेपछि एमालेले लुम्बिनी सरकारका मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोही कारण संविधानमा गरिएको व्यवस्थाअनुसार मुख्यमन्त्री महराले प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन्।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ।