२०८१ आश्विन ५

प्रधानमन्त्री ओलीले पाए विश्वासको मत, दुई तिहाइ सांसदहरूको समर्थन
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ६, आईतवार १३:२९ गते

पक्षमा १८८, विपक्षमा ७४ सांसद, तटस्थ सांसद १
काठमाण्डौं ६ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा बिश्वास मतको पक्षमा एक सय ८८ सांसदले मतदान गरे। यो वर्तमान संसद्को दुई तिहाइ मत हो ।
विपक्षमा ७४ मत पर्यो। एक सांसद तटस्थ रहे।
प्रतिनिधिसभाका दुई सय ७५ मध्ये आजको बैठकमा दुई सय ६३ सांसद मतदानमा सहभागी भए।
प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफ्नो पक्षमा बहुमत देखाउन बहुमत अर्थात् कम्तीमा १३८ जनाको समर्थन आवश्यक पथ्र्यो।
माओवादीसँगको सहकार्य त्यागेर कांग्रेससँग नयाँ सत्तागठबन्धन बनाएका ओली संविधानको धारा ७६(२)अनुसार ३१ असारमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए । ओली यस पटक चौथोपटक प्रधानमन्त्री बनेका हुन्। उनी पहिलोपटक २४ असोज ०७२, दोस्रोपटक ३ फागुन ०७४, तेस्रोपटक ३० वैशाख ०७८ मा प्रधानमन्त्री नियुक्त भएका थिए।