२०८१ भाद्र २३

मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखद्धारा आब्हान
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ६, आईतवार १४:४२ गते

दावी पेश गर्न सोमबार साझ साढे ६ बजेसम्मको समय
बुटवल ६ साउन ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साझ साढे ६ बजेसम्मको समय दिएका छन् । उनले आइतबार महराको राजिनामा स्वीकृत गरेपछि नया मुख्यमन्त्री नियुक्तिका लागि समय दिएका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रपक्ता धर्मा अर्याल बेल्वासेद्धारा जारी विज्ञप्तीका अनुसार संबिधानको धारा १६८ को उपधारा २ बमोजिम आब्हान गरिएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन ७ गते साझ साढे ६ बजेभित्र दावी पेश गर्न आब्हान गरिएको छ ।