२०८१ भाद्र २३

केही खराब व्यक्तिका कारण राजनीतिप्रती बितृष्णाः प्रदेश प्रमुख शेरचन
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ८, मंगलवार १४:०८ गते

बुटवल , ८ साउन ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गलत कामधन्दा गर्ने केही व्यक्तिका कारण राजनीतिप्रती बितृष्णा बढदै गएको बताएका छन् ।
थकाली सेवा क्षेत्रीय समिति बुटवलले मंगलबार बुटवलमा आयोजना गरेको प्रदेश प्रमुखको बिदाई पूर्वको कार्यक्रममा बोल्दै उनले शक्तिमा पुग्नेहरूले जनताप्रति बेईमानी गरेका कारण असल राजनीतिज्ञहरूले शीर झुकाउनु परेको बताए ।
प्रदेश प्रमुख शेरचनले भने, सबैलाई गलत नजरले नहेरौ , शक्तिमा पुगेका थोरैले बदनाम गरेका छन । तिनलाई सजाय दिने मतदानबाट हो ।
उनले राजनीतिबिना कुनै पनि देश र जनताको उन्नति र बिकास संभव नभएको उल्लेख गरे । जनताको सुख दुखमा साथ दिने मात्र राजनीतिज्ञ हुनेमा जोड दिदै प्रदेश प्रमुख शेरचनले राजनीति आफैमा खराब नभएको बताए।
देशमा भ्रष्टाचारका काण्ड छिनोफानो गर्नुको सट्टा लुकाउन खोजिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। कार्यक्रम थकाली सेवा समितिका अध्यक्ष लाल बहादुर गौचनको अध्यक्षतामा भएको थियो ।