२०८१ भाद्र २३

लुम्बिनीमा नौ सदस्यीय मन्त्रिमण्डल
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ९, बुधबार ०६:३० गते

मुख्यमन्त्री आचार्यसहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ
बुटवल ९ साउन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएसँगै नौ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन् । नवनियुक्त सबै मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ खाएका छन् । आज एमाले र कांग्रेसबाट ९ जना मन्त्री नियुक्त गर्ने भनिएपनि कांग्रेस भित्रको विवादका कारण दुबै पार्टीबाट ४–४ जना मन्त्री नियुक्त भएका छन् ।
एमालेबाट चार र कांग्रेसबाट चार सांसदले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई कुनै जिम्मेवारी दिइएको छैन ।
आचार्यलाई सोमबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गरेका थिए । आचार्यलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका ५६ सांसदको समर्थन छ । यहाँ ८७ सदस्यीय प्रदेश सभा छ । अर्घाखाँचीबाट निर्वाचित आचार्य यसअघिका प्रदेश सरकारमा तीनपटक मन्त्री बनेका थिए ।

यी हुन् लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री

१। भूमिश्वर ढकाल
२। दिनेश पन्थी
३। बादशाह कुर्मी
४। धनेन्द्र कार्की
५। सरोज थापा
६। प्रचण्डविक्रम न्यौपाने
७। खेमबहादुर सारु
८। सीता शर्मा