२०८१ भाद्र २३

संसदीय दलको नेताबाट गिरीको राजीनामा, सपथमा अनुपस्थीत
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ९, बुधबार ०६:५३ गते

बुटवल ९ साउन ।
लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्नबाट बन्चित गरिएपछि एमालेका लुम्बिनी संसदीय दलका नेता लीला गिरीले दल नेताबाट राजीनामा दिएका छन् । गिरीले राजीनामा दिएको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पठाएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । दलको नेताले राजीनामा दिएपछि प्रमुख सचेतक तथा सचेतक समेत पद मुक्त हुने गर्छन् । गिरीले राजिनामा दिएपनि राजीनामा स्वीकृत भएको जानाकारी प्राप्त नभएको चौधरीले बताए ।
लुम्बिनी प्रदेशमा कांग्रेस एमालेको गठबन्धनमा संसदीय दलको नेताको हैसियतले गिरी मुख्य मन्त्री नियुक्त हुने भनेर चर्चा चुलिएका बेला उनको नाम हटाइएको थियो । पाटी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उप नेता चेतनारायण आचार्यले मुख्य मन्त्री बनाएको भन्दै गिरि पक्ष असन्तुष्ट रहेको छ ।
गिरिले मुख्यमन्त्री नियुक्तिका सन्दर्भमा संसदीय विधि, पद्धति भन्दा बाहिर गएर निर्णय भएको बताउने गरेका छन् । असन्तुष्ट गिरी आज मुख्यमन्त्री आचार्यसहित मन्त्रीहरुको शपथ कार्यक्रममा पनि उपस्थीत भएनन् ।