२०८१ भाद्र २३

सौर्य एयरको जहाज दुर्घटना, १८ जनाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ९, बुधबार ०७:४० गते

काठमाडौ, ९ साउन ।
काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको छ।
विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। विमानमा सवार सबै सौर्य एयरलाइन्सका कर्मचारी रहेका बताइएको छ।
घाइते एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।
जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो।

 

विमान दुर्घटना भएपछि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
बुधबार सौर्य एयरको विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको थियो ।बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरको विमान दुर्घटनामा परेको थियो । सौर्य एयरको विमान प्राविधिकसहितको टोली लिएर पोखरा जान लागेको बेला दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा कम्तीमा१८ जनाको मृत्यु र एक घाइते भएको जनाएको छ । सौर्यको ९ एन(एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११स्१५ मिनेटमा दुर्घटनामा परेको थियो। जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो।