२०८१ भाद्र २३

प्रदेश सरकार सञ्चालनका लागि कार्य सम्पादन समिति
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ९, बुधबार १४:५१ गते

बुटवल,
लुम्बिनी प्रदेश सरकार सञ्चालनका लागि एमाले र कांग्रेसबाट तीन तीन जना सहभागि रहेको एउटा कार्य सम्पादन समिति बनाइएको छ । बुधवार मुख्यमन्त्री चेतनारायण आचार्य, कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसहित ७ जनाको उपस्थीतिमा भएको बैठकले समिति बनाएको हो ।
समितिमा भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी, भुमिश्वर ढकाल एमालेबाट र कांग्रेसबाट जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की र बैजनाथ कलवार रहेका छन् । समितिले सरकार सञ्चालनका लागि अवधारण निर्माण गर्ने र सो अवधारणलाई सरकारले आत्मसाथ गर्ने सहमति भएको छ । त्यस्तै मन्त्रीमण्डल गठन र जिम्मेवारी वाडफाड, नीतिगत र कार्य सम्पादनमा एकीकृत धारणा बनाउन उच्चस्तरीय संयन्त्र निर्माण गरिने पनि निर्णय गरिएको छ । सो बमोजिम नीतिगत सोच तथा दृष्टिकोणको प्रारुप निर्माण तथा निर्देशनका लागि दुई दलका प्रमुखहरु रहने उल्लेख गरिएको छ । त्यस्तै सरकारको नेतृत्व आलोपालो आधा आधा कार्य अवधि रहने समझदारी भएको उक नेताले बताए् ।