२०८१ भाद्र २३

नवीनमा विद्यार्थी अभिमुखिकरण कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ११, शुक्रबार १०:११ गते

बुटवल ११ साउन ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा नव आगन्तुक विद्यार्थी अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालले नियमित रूपमा अनुशासित भएर अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट हुने बताए । उनले उमेरका हिसाबले अति संवेदनशील उमेर समूहका विद्यार्थी कक्षा ११ र १२ का हुने भएकोले कुलतबाट बच्नु पर्नेमा जोड दिँए । प्रधानाध्यापकको इच्छाशक्ति ,टिमवर्क राम्रो भएमा विद्यालयको वृद्धि र विकास हुन धेरै समय नलाग्ने उदाहरण यस नवीन विद्यालय बाट प्राप्त भएको धारणा व्यक्त गर्दै उनले सबै विद्यार्थी डक्टर इन्जिनियर बन्न नसक्ने तर सबै विद्यार्थी आआफ्नो क्षेत्रमा अब्बल बन्न सके व्यक्ति समाज र राष्ट्र सफल हुने बताए ।


विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद खरेलले विद्यार्थीहरुलाई अनुशासित र लगनशील भएर अध्यन गर्न आग्रह गरे । साथै पुस्तकालयको लागि ७४ थान पाठ्यपुस्तक पनि विद्यालयलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बहुमुखी क्याम्पसका उप प्राध्यापक तथा लोक दोहोरी प्रतिष्ठान लुम्विनी प्रदेश सचिव योगराज पोखरेल, उत्प्रेरणात्मक वक्ता डा.आविष्कार पराजुलीले सहजीकरण गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी छात्रा आस्था पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचार संहिता तथा अनुशासनको समग्र पक्षमा सहजीकरण गरेका थिए। कार्यक्रममा सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरीले पठनपाठनसँग सम्बन्धित विषयवस्तुहरुका सम्बन्धमा सहजीकरण गरेका थिए ।


कार्यक्रममा अगष्ट १० देखि श्रीलंकामा सञ्चालन हुने कराते प्रतियोगितामा ४५ केजी उमेर समूहबाट रेशमराज अर्याललाई उत्प्रेरणात्मक शुभकामना सहित रु. ५००० नगद प्रमुख अतिथिले हस्तान्तरण गरे । २०८० को कक्षा ८ को आधारभुत तह परीक्षामा ४ जिपिए ल्याउन सफल अन्जना ज्ञवाली र निष्मा चुदालीलाई पुरस्कार प्रदान गरिएको थियो ।
विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहका विद्यार्थीहरुका लागि आयोजित अभिमुखीकरणमा सहभागीको तर्फबाट विज्ञान समूहकी हीरा सुनार, सिभिल इन्जिनियरिङ तर्फबाट प्रसुन रेश्मीले धारणा व्यक्त गरेका थिए ।