२०८२ असार २१

शान्ति समाजको राष्ट्रिय परिषद् बैठक कपिलवस्तुमा
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २७, शुक्रबार १२:०९ गते

बुटवल,२७ फागुन ।

मानव अधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक ९वार्षिक साधारणसभा शुक्रबार कपिलवस्तुको वाणगंगामा प्रारम्भ भएको छ । “गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार” भन्ने मूल आह्वानसहित प्रारम्भ भएको छ । नागरिक अगुवा डा। देवेन्द्रराज पाण्डेले एक कार्यक्रमका बिच राष्ट्रिय परिषद् बैठकको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नागरिक अगुवा डा। देवेन्द्रराज पाण्डेले मानव अधिकार, लोकतन्त्र, र शान्तिका लागि शान्ति समाजको खबरदारी निरन्तर आबस्यक रहेको बताएका थिए । मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गरे ।
कार्यक्रममा शान्ति समाजको उत्कृष्ट शाखाका रुपमा रुपन्देही शाखालाई र वर्ष २०७७ मा पोखरामा २३ औँ राष्ट्रिय परिषद् बैठक सफलतापूर्वक सम्पन्न गर्ने समाजको कास्की शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो । समाजका सभापति गोविन्द खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्याय, संविधानसभा सदस्य विनोद पहाडी, नेकपा एसका केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई, जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी शान्ति समाजका पूर्व सभापति डा। गंगाधर अधिकारीले संक्रमणकालिन न्याय प्रक्रिया, सल्लाहकार होमकान्त चौलागाईले न्यायालय शुद्धिकरणका लागि अभियान, सल्लाहकार उत्तम पुडासैनीले वैज्ञानिक शिक्षा सबैको अधिकार, संस्थापक सदस्य कृष्ण कँडेलले शान्ति समाजको युद्ध निषेध ः शान्ति विशेष अभियान, युवा अधिकारकर्मी प्रताप पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा ः सबैको अधिकार, शान्ति समाजका सचिव पुष्पा मल्लले सामाजिक न्यायका विषयमा केन्द्रित रहि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत मन्तव्य २४ औँ रा।प।बैठक मूल तयारी समितिका संयोजक तथा शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलले गरेका थिए ।
यसैगरी फागुन २६ गते राती वाणगंगामा रुसलाई तत्काल युद्ध रोक्न आग्रह र विश्व शान्तिको आह्वान गर्दै दिप प्रज्वलन गरिएको थियो भने २७ गते दिउँसो वाणगंगामा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित युक्रेनी जनता र युक्रेनमा रहेका सबैको जीवन रक्षाको आग्रहसहित शान्ति र्याली सम्पन्न भएको थियो । शान्ति समाजको २४ औ राष्ट्रिय परिषद् बैठकको सन्दर्भमा फागुन शुक्रबार विहान शान्ति समाज कपिलवस्तु शाखा र नेपाल नियमित रक्तदाता संघको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।