२०८१ कार्तिक २

नवीनमा श्रुतिलेखन,उत्कृष्टलाई पुरस्कार
  • लुम्बिनी खोज
  • २०८१ श्रावण ११, शुक्रबार १०:२१ गते

बुटवल ११ साउन ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा विद्यालयको वार्षिक कार्यतालिका अनुसार श्रुतिलेखन कार्यक्रम सम्पन्न भयो ।
कक्षा ४ र ५, कक्षा ६ र ७ र कक्षा ८ र ९ बीच गराइएको प्रतिस्पर्धामा जुनियर समूह कक्षा ४ र ५ बाट कक्षा ४ बी का आर्यन शाह प्रथम, कक्षा ४ वि का सम्राट परियार द्वितीय र कक्षा ५ का सन्तोष कोरी तृतीय भएका छन् ।
कक्षा ६ र ७ बाट कक्षा ७ सी का शिशिर के.सी. प्रथम, कक्षा ७ वि कि बिनिता महत द्वितीय र कक्षा ७ डी का चमन चौधरी तृतीय भएका छन्।
सिनियर समूह कक्षा ८ र ९ बाट कक्षा ९ सिभिल इन्जिनियरिङका विशाल परियार प्रथम, कक्षा ९ ए का विधान बुढा द्वितीय र कक्षा ८ ई कि समीक्षा भुसाल तृतीय भएका छन् ।
विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इसीए इन्चार्ज लक्ष्मण भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा शिक्षकहरु अमर श्रेष्ठ ,कमल न्यौपाने, कल्पना न्यौपाने अधिकारी, मिलन श्रेष्ठ, मोतीलाल हरिजन र किशोर गौतमले सहजीकरण गरेका थिए।
कार्यक्रममा कार्यक्रममा प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो।