२०८१ आश्विन ५

अमिक शेरचनले भनेः संविधान संशोधनका विषयमा गंम्भिर भई सोच्न निवेदन गर्दछु
  • लुम्बिनी खोज
  • २०८१ श्रावण १५, मंगलवार १३:०० गते

राष्ट्रिय हित र जनताको अधिकारका लागि ७ दशक समपर्ण गरे, कमाउ धन्दा गरिन्

बुटवल १५ साउन ।
लुम्बिनी प्रदेश प्रमुखका रुपमा तीन वर्ष विताएका अमिक शेरचनले भष्ट्राचार र कमिशनबाट अरबौपति बनेका छन् भन्ने खबर र काण्डै काण्डमा मुछिएका नेताका नाम सुन्न पर्दा छि छि र घृण लाग्ने बताएका छन् । आफूले राष्ट्रिय हित र जनताको हक अधिकारको संघर्षहरुमा झण्डै ७ दशक समपर्ण गरेको भन्दै उनले आफ्नो जीवनभरी कमाउ धन्दा नगरेको बताए ।
प्रदेश प्रमुखका रुपमा आफ्नो कार्यकालका अनुभुति राख्न मंगलवार पत्रकार सम्मेलन गरेका शेरचनले आफूले राजनीतिक जीवनमा गरेका तथा भोगेका केही घट्नाहरु तथा प्रदेश प्रमुखका रुपमा आफूबाट भएका कामका बारेमा चर्चा गरेका थिए ।
राजनीतिक जीवनमा धेरै जग्गा सकेको पनि उनले बताए । आफ्ना बुबाले दिएको चितवन दिव्यनगरको १२–१५ विघा जमिन राजनीतिक कार्यक्रम र पार्टी सञ्चालनमा सकेको उनले बताए । त्यस्तै बैंकबाट ऋण लिएर ललितपुरमा किनेको घरको पचासौं लाख तिर्न बाकी रहेको पनि उनले बताए । अहिले आफ्नो आम्दानीको स्रोतका रुपमा २ विघा जग्गामा खेतीबाट उब्जने कृषि बाली रहेको उनले बताए ।
१५ विधेयक प्रमाणीकरण
शेरचनको कार्यकालमा १५ वटा विधेयक प्रमाणीकरण भएका छन् । यस वीचमा आफू ९३ वटा विभिन्न सामाजिक, शैक्षिक र औद्योगिक कार्यक्रममा सहभागि भएको उनले बताए ।
मुलुकमा पटक पटक संविधानको उल्लघंन हुदै आएको चर्चा गरेका शेरचनले प्रदेश प्रमुख पदमुक्त हुने प्रावधान पनि ठीक नभएको बताए । प्रधानमन्त्रीको हकमा राजिनामा दिएर वा राजिनामा माग गरेर मार्ग प्रशस्त्र गर्न भनिने तर प्रदेश प्रमुखका हकमा त्यस्तो अवस्था सिर्जना हुन नसकेको धारणा राख्दै उनले पदमुक्त हुने प्रावधान मया्र्रदित हुनुपर्ने बताए । प्रदेश प्रमुखलाई सुचना तथा जानाकारी नदिइ पदमुक्त गरिदै आइएको भन्दै उनले यसलाई परिवर्तन गरेर मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
आफू साउन ५ गते नै राजिनामा दिएर जाने तयारीमा रहेपनि प्रदेशमा आइपरेको नया राजनीतिक पस्थिीतिले रोकिनु परेको पनि बताए ।
संविधान संशोधनका विषयमा गंम्भिर भई सोच्न देशवासीमा निवेदन
शेरचनले मुलुकमा संविधान सशोधन गर्ने सहमतिसहित नया सरकार बनेको विषयमा पनि आफ्ना धारणा राखे । उनले हजारौं शहिदहरु, घाइतेहरु, बेपत्ताहरुको बलिदान र रगतबाट सिञ्चित बर्तमान संविधान भएको उल्लेख गर्दै संशोधनका विषयहरुमा गंभिर बन्नुपर्ने धारणा राखेका छन् । समानुपातिक र धर्म निरपेक्षताका दफाहरु संशोधनका बुदाहरुमा लिइएको देखिएको भन्दै शेरचनले संविधान संशोधनका विषयमा गंम्भिर भई सोच्न देशवासीमा निवेदन गरेका छन् ।
समानुपातिक निर्वाचन प्रणालीका कारण अस्थिरता आएको भन्ने हो भने २०४८ को आम निर्वाचन पछिका सरकारहरू किन आवधिक हुन सकेनन् ? के २०४७ को संविधानमा समानुपातिक प्रणालीको व्यवस्था थियो र त्यस्तो हुन गएको हो ? भन्ने प्रश्न शेरचनले गरेका छन् ।