२०८१ आश्विन ५

कर्णाली सरकारमा कांग्रेसका ४ मन्त्रीले लिए शपथ
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २०, आईतवार ०९:२६ गते

सुर्खेत २० साउन ।
कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी मन्त्रीहरुले सपथ लिएका छन् । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत मन्त्रीमा विजया लामा नियुक्त भएका छन् ।
नवनियुक्त चार मन्त्रीहरूलाई प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।