२०८१ आश्विन १

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले दिइन् राजीनामा, देश छोडिन्
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार १०:२६ गते

काठमाडौं । बाङ्ग्लादेशमा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको र उनी देश छोडेर विदेश पलायन भएको विवरण आएपछि हजारौँ प्रदर्शनकारीहरू प्रधानमन्त्रीको ढाकास्थित सरकारी निवासमा प्रवेश गरेका छन्।

बीबीसी बाङ्ग्ला र अन्य सञ्चारमाध्यमका अनुसार उनी आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको अगरतलातिर गएकी छन्।

अहिले प्रदर्शनकारीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्। उनीहरुले त्यहाँ ढुंगामुढा गरिरहेका छन्।

बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ । विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागमा अडिग छन् ।

हिंसात्मक विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ । गत महिना सरकारले आन्दोलन नियन्त्रण गर्न सेना बोलाएको थियो । आइतबारदेखि विद्यार्थीहरुले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि अपिल गरेका थिए ।

यसमा सरकारको कर तिर्न जनतालाई अपिल गरिएको थियो ।

बंगलादेशमा जुलाईदेखि विद्यार्थीले आन्दोलन गर्दै आएका छन्। देशका अधिकांश ठूला सरकारी जागिरमा रहेको आरक्षण खारेज गर्नुपर्ने विद्यार्थीको माग छ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि आन्दोलन जारी रहेको छ। प्रदर्शनले उग्र रुप लिएको छ। उनीहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा मागमा गरेका थिए।

हिंसात्मक प्रदर्शनका कारण बंगलादेशमा हालसम्म करिब ३०० जनाको ज्यान गइसकेको छ। गत महिना बंगलादेश सरकारले आन्दोलन नियन्त्रण गर्न सेना परिचालन गरेको थियो। आइतबारदेखि प्रदर्शनकारी विद्यार्थीले ‘नागरिक अवज्ञा’ आन्दोलनका लागि जनतासँग अपिल गरेका थिए। उनीहरुले सरकारलाई कर तिर्न पनि अपिल गरेका थिए। बीबीसी –एजेन्सी