२०८१ आश्विन ५

बुटवल उवासंघको साधारण सभा भदौमा
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २१, सोमबार १०:३५ गते

 

 

चालु आर्थिक वर्षका लागि २ करोड २० लाखको बजेट पारित

बुटवल २१ साउन ।
बुटवल उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा भदौको अन्तिममा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले संघको ७१ औं वार्षिक साधारण सभा भदौ ३१ गते सोमबार गर्ने निर्णय गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले साधारण सभा सम्पन्न गर्नको लागि विभिन्न सात वटा विषयगत समिति समेत गठन गरिएको छ । जसमा किटव्याग व्यवस्थापनको लागि कार्यसमिति सदस्य रामबहादुर भण्डारी, खाना तथा खाजा व्यवस्थापनको लागि कार्यसमिति सदस्य दीपकप्रसाद चापागाई, स्वागत–सत्कार व्यवस्थापनका लागि कार्यसमिति सदस्य कमल पन्त, मत सर्वेक्षण व्यवस्थापनको लागि कार्यसमिति सदस्य रेनु श्रेष्ठ, प्रस्ताव लेखनमा कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे, मञ्च तथा हल व्यवस्थापनको लागि कार्यसमिति सदस्य उमेश अमात्य र निमन्त्रणा कार्ड व्यवस्थापनको लागि कार्यसमिति सदस्य काशीराम शर्मा पौडेललाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकले संघको चालु आर्थिक वर्ष २०८१÷८२ को लागि प्रस्ताव गरिएको बजेत पारित गरिएको छ । बजेट तर्जुमा समितिका संयोजक तथा संघका कोषाध्यक्ष बसन्तप्रसाद ढकालले प्रस्तुत गरेकोे आर्थिक वर्ष २०८१÷८२ को लागि झण्डै २ करोड २० लाख रुपैंया बराबरको प्रस्तावित बजेट कार्यसमिति बैठकले सुझाव सहित पारित गरेको हो ।
बैठकमा संघका अध्यक्ष हरिप्रसाद अर्याल, निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल र सहकोषाध्यक्ष धनकला खनालले विविध विषयमा जानकारी सहित बैठकमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

 

 

वाणिज्य क्याम्पसका अध्यक्ष तथा सदस्यमा निर्वाचित संघका नेताहरुलाई बुटवल उवासंघमा सम्मान

बुटवल २१ साउन ।
लुम्बिनी वाणिज्य क्याम्पसका नवनिर्वाचित अध्यक्ष सुरन्द्रप्रसाद श्रेष्ठलाई बुटवल उद्योग वाणिज्य संघमा सम्मान गरिएको छ । क्याम्पसको हालै सम्पन्न १४ औं क्याम्पस सभाबाट अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित संघका पूर्व अध्यक्ष श्रेष्ठलाई सोमबार बसेको कार्यसमिति बैठकमा सम्मान गरिएको हो । सोही अवसरमा क्याम्पस सञ्चालक समिति सदस्यमा नवनिर्वाचित संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजूलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले सम्मान गरेका हुन ।
बुटवल उद्योग वाणिज्य संघको लगानी सहितको पहलमा स्थापित लुम्बिनी वाणिज्य क्याम्पसको हालै सम्पन्न क्याम्पस सभाबाट क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा संघका पूर्वअध्यक्ष श्रेष्ठ सहित सञ्चालक समितिमा संघका निवर्तमान अध्यक्ष कसजू सर्वसम्मत निर्वाचित भएका थिए । त्यस्तै संघका अध्यक्ष हरिप्रसाद अर्याल क्याम्पस सञ्चालक समितिको पदेन सदस्य पदमा रहेका छन् ।
सम्मानपछि बोल्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठले हाल व्यवस्थापनमा मात्रै पठनपाठन हुने वाणिज्य क्याम्पस मानित विश्वविद्यालय भएपछि व्यवस्थापन सहित विज्ञान तथा मेडिकल शिक्षा समेत प्रदान गरिने बताए । त्यस्तै क्याम्पस सञ्चालक समितिको सदस्यमा निर्वाचित संघका निवर्तमान अध्यक्ष कसजूले बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा भएका विकासका कारण गुल्जार भएको बुटवल पछिल्लो समय आर्थिक चलायमान घटेको बताउँदै त्यसलाई कसरी उठाउने भन्ने चासो र चिन्तन पनि संघले नै गर्नुपर्ने बताए ।
संघका अध्यक्ष अर्यालले समयको विकास क्रमसंगै मानित विश्वविद्यालयले समयको माग अनुसारको जनशक्ति उत्पादन गर्नेगरी पाठ्यक्रम निर्माण गर्नुपर्ने बताए ।