२०८१ आश्विन ४

बुटवल हस्पिटलमा रक्तदान, ७५ युनिट रगत संकलन
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २४, बिहीबार १२:०७ गते

बुटवल २४ साउन ।
यस क्षेत्रमा रगतको अभाव भैरहेको समयमा बुटवल हस्पिटल प्रा लि ले बिहिबार रक्तदान कार्यक्रम गरेको छ । रगतदान जिवन दानको नारा सहित गरिएको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स लगायतका कर्मचारीहरुले रक्तदान गरेका थिए । बुटवल हस्पिटल प्रा लिले नवनिर्मित भवनबाट सेवा प्रारम्भ गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष ललित खरेल, सचिव मोहन पाण्डे, मेडिकिल निर्देशक डा कृष्ण खनाल, वरिष्ठ डा नन्दु पाठकले विरामीका लागि अत्यन्तै आवश्यक पर्ने रगतको अभाव हुन नदिन अस्पतालले नियमित रुपमा आफ्ना कर्मचारीहरु मार्फत रक्तदान गर्ने बताए ।
रक्त संचार केन्द्र बुटवलका प्रमुख राधा शर्माले रगत संकलनमा प्रयोग हुने व्याग अस्पतालका पदाधिकारीहरुलाई हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा ७५ युनिट रगत संकलन भएको थियो ।
रक्तदान कार्यक्रममा अस्पतालका चिकित्कहरु, नर्सिक कर्मचारी तथा अन्यकर्मचारीहरुले रक्तदान गरेका थिए । सो अवसरमा अस्पतालका उपस्थित भएका कतिपय विरामीका आफन्तले पनि रगतदान गरेका थिए । उनीहरुलाई अस्पतालका तर्फबाट प्रमाण पत्र प्रदान गरिएको थियो । पछिल्लो समय रंक्त संचार केन्द्रहरुमा रगतको माग अत्याधिक रहेका कारण रक्तदान कार्यक्रम अस्पतालले आयोजना गर्नु स्वागतयोग्य रहेको रक्तसंचार केन्द्र बुटवलका प्रमुख शर्माले बताइन् ।