२०८१ आश्विन १

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
  • लुम्बिनी खोज
  • २०८१ श्रावण २७, आईतवार ०९:३१ गते

काठमाडौँ,२७ साउन ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे राखेको प्रस्तावमाथि नेताहरूले धारणा राख्नेक्रम जारी छ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डको प्रस्तावमाथि शनिबार बोल्ने अधिकांश नेताहरूले विचारको संश्लेषणसहित नेतृत्वको कार्यकाल तोकिनुपर्ने धारणा राख्दै पार्टी निर्माणका लागि जनतामा जानुपर्नेमा जोड दिएका थिए ।