२०८२ असार ९
बुटवल,२९फागुन । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधाान सभा सदस्य अमरसिंह पुनमगरले राज्यका प्रत्येक निकायमा महिलाहरुको समान सहभागिताले मात्र समृद्ध नेपाल बन्न सक्ने बताएका छन् । नेपाल महिला संघले प्युठानमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै सभापति पुनले स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न संरचनामा महिलाहरुको समानुपातिक सहभागिताले मात्र नेपाल समृद्ध हुने बताए ।
नेपालका परिवर्तनको आन्दोलनमा महिलाहरुको अतुलनीय योगदान भएको बताउदै सभापति पुनले क्षमता र समावेशीका आधारमा महिलाहरुलाई उपयुक्त जिम्मेवारी दिनु पर्नेमा जोड दिए । उनले भने – महिलाहरुको हक र अधिकारको सुनिश्चितताका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको छ । नेपालको संविधान २०७२ ले पनि महिलाको धेरै अधिकार प्रदान गरेको छ ।
नेपालमा महिलाको शिक्षाको पहँुच, विद्यालयमा महिला शिक्षिका, महिला स्वयमसेविका लगायतका थुप्रै कार्यक्रम कांग्रेसकै अगुवाईमा भएको बताए । सभापति पुनले प्रत्येक स्थानीय तहमा कांग्रेसको विजय हुनेगरि निर्वाचनमा होमिन नेता तथा कार्यक्रताहरुलाई निर्देशन पनि दिए ।